Section 50
खेलाडी कल्याणकारी कोष
(१) खेलाडी तथा प्रशिक्षकहरुको सामाजिक सुरक्षा बिमा आकस्मिक उद्धार, उपचार एवं पुनः स्थापनाका लागि परिषद्मा खेलाडी कल्याणकारी कोषको व्यवस्था गरिनेछ ।

(२) उपदफा (१) बमोजिमको कोष अक्षय कोषको रुपमा रहनेछ ।

(३) उपदफा (१) बमोजिमको कोष सञ्चालन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।